About Us
म घरमा एक्लो छोरा हुँ। आमा–बुबाबाट टाढा हुँदा उहाँहरूको हेरचाह गर्न नसक्दा मनमा सधैं एक किसिमको खालीपन महसुस हुन्थ्यो।
हाम्रो घरमा पाल्तु जनावर बिरामी हुँदा पशु चिकित्सकहरू घरमै आएर उपचार गर्ने व्यवस्था थियो। तर, जब बुबाआमा बिरामी हुनुहुन्थ्यो—जस्तो कि सामान्य प्रेसर, सुगर जाँच वा औषधि ल्याउने कुरा—त्यस बेला कोही सहयोगी पाइँदैनथ्यो।
त्यसैले आजको व्यस्त जीवनशैलीमा एक प्रभावकारी समाधानका रूपमा Jeevan Rakshya Homecare को स्थापना गरियो। हाम्रो उद्देश्य– मानिसहरूलाई आफ्नै घरमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हो, ताकि उनीहरूले अस्पतालजस्तो अनुभूति घरमै पाउन सकून्।
– "हर घरमा अस्पताल"
DR CHEWAN RAJ KARKI, CEO & FOUNDER